कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज सकिदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज सकिदै

काठमाडौं । १ बर्षपछि बसेर ६ दिनसम्म चलेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सकिदै छ ।

केन्द्रीय कार्यसमिति बैठकले अन्तिम निर्णय पारित गर्ने र सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । निर्णय लेख्न सभापति शेरबहादुर देउवाले पदाधिकारीहरुलाई मंगलबार साँझ धुम्बाराही निवास डाकेको बैठक ठोस निष्कर्षमा पुग्न सकेन । प्रत्यक्ष प्रसारण भएको बैठकका सबै छलफल जस्ताको तस्तै लेख्न सम्भव नभए पनि मूख्य कुराहरु नछुटुन् र सबैको भावना समेटिने गरि निर्णय लेख्नेमा भने सहमति भएको छ ।

पदाधिकारी बैठकले निर्णय खेल्ने जिम्मेवारी महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता रमेश लेखक, प्रवक्ता प्रकाशशरण महत र प्रचार विभाग प्रमुख मीन विश्वकर्मालाई जिम्मेवारी दिएको छ । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बालकृष्ण खाँणको निलम्बन मुद्दालाई पार्टीले अनिवार्य निर्णय गराइछाड्नुपर्ने, अडान लिएका छन् । देउवा पक्षका केही पदाधिकारीले भने अहिले खाँण निलम्बनबारे निर्णय लेख्न हतार नगरे पनि हुने तर्क गरेका छन् ।

पदाधिकारी बैठकले नीति महाधिवेशनको मिति तोक्ने र केन्द्रीय समितिबाट अनुमोदन गराइने छ । गत मंसिरको आम चुनावमा अन्तर्घात गर्ने, बागी उठ्ने आधिकारिक उम्मेदवार हराउन लाग्नेलाई के कसरी उन्मुक्ति दिने भन्ने निर्णय लेख्नमा पनि मतान्तर छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);