क्यानाडामा बाढी : बेपत्ता चारमध्ये दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८३, बुधवार

क्यानाडामा बाढी : बेपत्ता चारमध्ये दुई जनाको मृत्यु

क्यानाडा,९ साउन । क्यानडाको एट्लान्टिक प्रान्त नोभा स्कोटियामा आएको बाढीका कारण बेपत्ता भएका चारमध्ये दुई जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सले नेता प्रिमियर टिम ह्युस्टनबाट यो जानकारी दिएको हो।

उनका अनुसार कार पानीमा डुबेर बेपत्ता भएका ५२ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले यसअघि पुष्टि गरेको थियो । यद्यपी उनले थपे, प्रहरीले दोस्रो शव पनि फेला पारेको छ जुन चार पुरुष मध्ये एकको हुन सक्छ।

शुक्रबारदेखि सुरु भएको वर्षाका कारण २४ घण्टामा धेरै ठाउँमा १० इन्चभन्दा बढी पानी परेको हो । भारी वर्षाको कारण बाढीले सडकहरू बगाएको छ र क्यानाडाको चौथो ठूलो बन्दरगाह ह्यालिफ्याक्ससँग जोड्ने क्यानाडाको राष्ट्रिय रेलवे ट्र्याकहरूलाई क्षति पुर्याएको छ ।

यसअघि, रोयल क्यानाडाली माउन्टेड पुलिसका प्रवक्ता सिन्डी बायर्सले ह्यालिफ्याक्सको उत्तरमा रहेको वेस्ट ह्यान्ट्समा दुईवटा गाडी डुबेर शनिबार बिहानदेखि दुई वयस्क र दुई बालबालिका बेपत्ता भएको बताइन्। बायर्सका अनुसार बाढीको पानीमा डुबेका कारमा रहेका दुई बालबालिका बेपत्ता भएका छन् भने अन्य तीन जना सकुशल बाहिर निस्किएका छन् ।

Leave a Reply