नहरमा डुबेर दुई बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नहरमा डुबेर दुई बालकको मृत्यु

dead-body

चितवन । चितवनमा नहरमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरमा रहेको नहरमा डुबेर सोही ठाँउका १६ बर्षिय अंकित जोशी र १४ बर्षिय विवेक शर्माको मृत्यु भएको हो ।

बुधबार दिउँसो करिब ४ बजेको समयमा क्रिकेट खेलेर नहरमा हातखुट्टा धुने क्रममा विवेक चिप्लिएर नहरमा खसेको र उनलाई बचाउन जाने क्रममा अंकित समेत नहरमा डुबी बेपत्ता भएका थिए ।

उनिहरुलाई डुबेको स्थान देखि २०० मिटर पर नहरबाट उद्दार गरी उपचारको लागी भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);