संगीत रोयल्टीका नाममा रेडियोको नवीकरणमा अवरोध नपुर्‍योऔंः रेडियो ब्रोडकाष्टर्स फोरम | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८३, मंगलबार

संगीत रोयल्टीका नाममा रेडियोको नवीकरणमा अवरोध नपुर्‍योऔंः रेडियो ब्रोडकाष्टर्स फोरम

काठमाडौं । नेपालका स्वतन्त्र रेडियो संवद्ध छाता संगठन रेडियो ब्रोडकाष्टर्स फोरम (आरबीएफ) ले सरकारी स्तरबाट नै संगीत रोयल्टी संकलन कार्यका लागि व्यवस्थित प्रणालीको विकास गर्नुपर्ने माग गरेको छ ।

संगठनले सोमवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै संगीत रोयल्टी संकलन समाजले आफ्नो सहमति कार्यान्वयन नगरेको तथा वितरण प्रणाली पारदर्शी र व्यवस्थित नगरेको भन्ने सर्जकहरुकै गुनासो रहेकाले सरकारी स्तरबाट नै संगीत रोयल्टी संकलन कार्य व्यवस्थित बनाइनुपर्ने माग गरेको हो । अको¥यावका महासचिव किशोरजंग थापाले संगीतकार सुरेस अधिकारीले एफएम रेडियोका सञ्चालकहरु, रेडियो आवद्ध छाता संगठन र नेतृत्वलाई तल्लो स्तरको गाली गलौज तथा एफएम रेडियोलाई लक्षित गर्दै प्रशारण गृहमा आक्रमण गर्ने सम्मको अभिव्यक्ति दिएकाले उहाँका सिर्जनाहरु प्रशारण नगर्ने निर्णयमा पुग्न बाध्य भएको बताउनु भयो । उहाँले विगतमा भएका सहमति र सम्झौता अनुसार संगीत रोयल्टी संकलन समाज नामक संस्थाले आफ्नो सहमति कार्यान्वयन नगरेको बताउनु भयो । थापाले समग्र सर्जक र स्वतन्त्र रेडियोहरु बीचको नङ र मासु जस्तै सम्बन्धमा दरार आउन नदिन प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विगतमा भएका सहमति र सम्झौता अनुसार संगीत रोयल्टी संकलन समाज नामक संस्थाले आफ्नो सहमति कार्यान्वयन नगरेको तथा वितरण प्रणाली पारदर्शी र व्यवस्थित नगरेको भन्ने सर्जकहरुकै गुनासो रहेकाले सरकारी स्तरबाट नै संगीत रोयल्टी संकलन कार्यका लागि व्यस्थित प्रणाली नभएसम्म पूर्ववत सहमति अनुसार रोयल्टी तिर्न बाध्य नहुने समेत प्रष्ट पार्दछौँ साथै संगीत रोयल्टीका नाममा एफएम रेडियोको नवीकरण प्रकृयामा अवरोध पु¥याउनु संविधान र कानूनको बर्खिलाप समेत भएकाले यो अवरोध तत्काल हटाउन नेपाल सरकार समक्ष माग गर्दछौँ ।’

संगीत रोयल्टीलाई व्यवस्थित, पारदर्शी र सर्वस्वीकार्य बनाउन गरिएका प्रयासलाई नराम्रो नियतले गलत प्रचार गरी श्रष्टाहरु माझ भ्रम सिर्जना गर्ने कार्य भइरहेको ध्यानाकर्षण भएको रेडियो ब्रोडकाष्टर्स फोरमले जनाएको छ ।

Leave a Reply

ताजा समाचार