एजेन्सी, ७ साउन । मणिपुरमा मे ४ मा भीडले दुई महिलालाई नग्न पारेर सडकमा परेड गरेको थियो । सोही दिन अन्य दुई बालिकाको बलात्कारपछि हत्या भएको समाचार बाहिरिएका छन् । घटनास्थलबाट ४० किलोमिटर टाढा काङपोकपी जिल्लाको कोनुङ मामाङ क्षेत्रमा भएको दैनिक भाष्करले जनाएको छ ।
पीडितसँग काम गर्ने एक व्यक्तिले एक बालिका २१ र अर्की २४ वर्षकी रहेको बताए । दुबै जना ग्यारेजमा काम गर्थे । त्यो दिन महिलाहरु पनि भीडमा आएका थिए । ती महिलाहरूले नै भीडमा उपस्थित पुरुषहरूलाई बलात्कार गर्न आग्रह गरेका थिए।
यसपछि उनले केटीहरूलाई कोठामा लगे । बत्ती निभाइयो । मुखमा कपडा बाँधिएको थियो । डेढ घण्टापछि उनलाई तानेर बाहिर निकालियो । उनको शरीरमा कपडा थिएन । उनी रगतले लतपतिएकी थिइन् । उनको कपाल पनि काटिएको थियो ।
दुई बालिकाकी आमासँग कुरा गरे । उनले मे १६ मा साइकुल प्रहरी चौकीमा शून्य एफआइआर दर्ता गरेको बताए । डरले गर्दा पहिले रिपोर्ट दर्ता गर्ने हिम्मत गरेनन् । पछि वातावरण केही शान्त भएपछि रिपोर्ट दर्ता भयो ।
एफआईआर अनुसार दुवै बालिकालाई बलात्कार, यातना र पछि निर्ममतापूर्वक हत्या गरिएको थियो । यो घटनामा सय–२ सय मानिस रहेको उल्लेख छ । मुद्दा अहिले पोरोम्पाट प्रहरी चौकीमा पठाइएको छ । प्रहरीले अहिलेसम्म मृतकको शव फेला पारेको छैन । यस घटनामा अहिलेसम्म कसैलाई पक्राउ नगरिएको मणिपुर प्रहरीले जनाएको छ ।
गत ४ गते नै ठौबल जिल्लामा दुई महिलालाई नग्न परेड गरेको घटना भएको थियो । यसको भिडियो १९ जुलाईमा सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियोमा केही व्यक्तिले ती दुई महिलालाई नग्न अवस्थामा लगेर अश्लील व्यवहार गरेको देख्न सकिन्छ । पीडित महिलाका श्रीमानले .भनेका छन्,‘हजार मानिसको भीडले गाउँमा आक्रमण गरेको थियो । मैले मेरी श्रीमती र गाउँलेहरूलाई भीडबाट बचाउन सकिन। प्रहरीले पनि सुरक्षा दिएनन् । भीडले तीन घण्टासम्म अत्याचार जारी राख्यो। मेरी श्रीमतीले कतै गाउँमा आश्रय लिइन् ।’




