काँग्रेस भित्र देखा परेका मतभेदहरु तत्काल हटाउन अतिआवश्यक छः शेरबहादुर देउवा | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

काँग्रेस भित्र देखा परेका मतभेदहरु तत्काल हटाउन अतिआवश्यक छः शेरबहादुर देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी भित्र देखा परेका मतभेदलाई तत्काल अन्त्य गर्न अतिआवश्यक भएको बताउनु भएको छ ।

शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको जिल्ला सम्मेलनमा बोल्दै उहाँले आगामी निर्र्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउन पनि पार्टी भित्र देखा परेका मतभेदलाई अन्त्य गर्न ढिलाई गर्न नहुने तर्क गर्नु भयो । लोकतन्त्रलाई सुदृढ बनाउन र मुलुकमा स्थायी शान्ति र समृद्धि ल्याउन पनि नेपाली काँग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउनुपर्ने भएकाले पार्टी भित्र एकतावद्ध हुन जरुरी रहेको देउवाको भनाई थियो ।

उहाँले भन्नु भयो, ‘हाम्रो पार्टी एकता हुन जरुरी छ । सम्पूर्ण रुपले एकता भएको खण्डमा हाम्रो पार्टीले सबभन्दा ठूलो पार्टी छ । बहुमतको पार्टी बनाउन अति आवश्यक छ । अहिले समावेशी समानुपातिक प्रतिनिधित्व छ । त्यसैले बहुमत आउन सक्दैन भन्ने भनाई पनि छ । तापनि हामीले आपसी मतभेदहरु हटाउन सक्यो भने, आपसका मनोमालिन्यहरु हटाउन सक्यौ भने हाम्रो पार्टीले बहुमत ल्याउन सक्नेछ । धेरै ठाउँमा हाम्रो पार्टीलाई प्रमुख पार्टीको रुपमा स्थापित गर्न सकियोस् । स्थायी शान्ति, यो डेमोक्रेसीलाई सुदृढ गरी सम्पूर्ण जनताले लोकतन्त्रलाई आफनो भनिठान्नु पर्नेछ । त्यसकारण लोकतन्त्रलाई सुदृढ बनाउन, स्थायी शान्ति कायम गर्न पनि नेपाली काँग्रेसले एकतावद्ध भएर अगाडि बढनुपर्छ ।’

सभापति देउवाले पार्टी भित्र एकता कायम भए नेपाली काँग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने दावी समेत गर्नु भयो ।

Leave a Reply