सुन तस्करीको मालिक पक्राउ गर्न सडकबाट दबाब दिनुपर्छः पर्यटनमन्त्री किराँती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सुन तस्करीको मालिक पक्राउ गर्न सडकबाट दबाब दिनुपर्छः पर्यटनमन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले एक सय किलो सुन तस्करी गर्ने भरियालाई नभएर मालिकलाई पक्राउ गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौं आयोजित २४ औं अरुण स्मृति दिवस तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री किराँतीले यस्तो बताउनुभएको हो । उहाँले एक सय किलो सुन तस्करी प्रकरणमा भरिया नभइ मालिक पक्राउ गर्न सरकारलाई संघ संस्था र जनताहरुले सडकबाट दबाब सिर्जना गर्नुपर्ने बताउनु भयो।

उहाँले कसैलाई शक्तिको भरमा न्याय,संविधान र कानून भन्दा माथि बस्ने अधिकार नभएको भन्दै कानून विपरित काम गर्नेलाई सरकारले तत्काल कारबाही गर्ने बताउनु भयो। उहाँले सरकार सुशासन र समृद्धि बाटोमा हिँडेर समाजवादमा पुग्ने प्रधानमन्त्रीको निर्देशन र उद्देश्यको बाटोमा हिँडेको बताउनु भयो । उहाँले सरकारलाई भ्रष्टाचार र तस्करी नियन्त्रण गर्नको लागि जनताको साथ अपरिहार्य रहेको बताउनु भयो । उहाँले भ्रष्टाचार र तस्करीको संरक्षण गरेर मुलुकमा सुशासन र समृद्धि हासिल हुन नसक्ने बताउनु भयो । उहाँले सुशासन र समृद्धिमा पुग्नको निम्ति सरकारले उठाएका सही कदमहरुको पक्षमा जनता र मिडियाले निष्पक्ष रुपमा भनिदिनुपर्ने बताउनु भयो ।

पर्यटन मन्त्री किराँतीले सुदन किराँतीको परीक्षण शुरु भयो भन्नेको सुनेको छु मेरो नभएर अर्थ र गृह मन्त्रीको भएको बताउनु भयो । उहाँले सुन बरामत गर्ने कार्यक्षेत्र पर्यटन मन्त्रीको नभएको भन्दै त्यो काम भन्सारको भएको बताउनु भयो।

उहाँले पर्यटन मन्त्रालयले सुन तस्करी जस्ता कुराहरु देख्न नै नपाउने भन्दै त्यो भन्सारले गर्ने काम भएको बताउनु भयो। उहाँले वर्तमान सरकारलाई भ्रष्टाचार असैह्य नभएको बताउनु भयो।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);