बालबालिकाहरु चिसो भुईंमा बोरा ओछ्याएर पढन वाध्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बालबालिकाहरु चिसो भुईंमा बोरा ओछ्याएर पढन वाध्य

nalbari

काठमाडौं, २८ पुष । कठ्याङ्ग्रिंदो चिसोमा बालबालिकाहरु चिसो भुईंमा बोरा ओछ्याएर पढन वाध्य, सरकारले भौतिक पूर्वाधारका नाममा गरेको करोडौं रुपैयाँ लगानीमाथि प्रश्न ।

सरकारले विद्याालयको भौतिक पूर्वाधारका नाममा बर्षेनि करोडौं रुपैयाँ खर्च गरिरहेको छ । तर धनुषाका केही बालबालिकाको अवस्थाले करोडौं रुपैयाँको लगानीमाथि गम्भिर प्रश्न उठाएको छ । धनुषाका सयौं विद्यार्थी डेस्कबेञ्चको अभावमा पुसको चिसोमा बोरा आछ्याएर पढ्नुपर्ने वाध्यता झेलिरहेका छन् ।

पुसको बढ्दो चिसो त्यसमा पनि निरन्तरको शीतलहर । एक साताभन्दा लामो समयदेखि घाम देख्न नपाउँदा वयस्कहरु आगोको सहारा लिइरहेका छन् । तर धनुषाका कतिपय बालबालिका भने ज्यानमारा चिसो मौसममा चिसो भुईंमा बसेर पढ्न वाध्य छन् । आफू पढ्ने विद्यालयको कक्षाकोठामा डेस्क बेञ्च नभएका कारण बालबालिकाले चिसो भुईंमा बसेर पढ्नुपरेको हो । यो दृष्य धनुषाको धनौजी गाउँपालिका–५ मा पर्ने बहुअर्वास्थित मदरसा इस्लामिया श्राजुल मुस्लेमिनको हो । ९ वर्षदेखि सञ्चालित मदरसाको यो कोठामा दुईतिर पर्खाल नै लगाइएको छैन । मुटु कपाउने खालको चिसोमा बालबालिका भने बोरा ओछ्याएर अक्षर सिकिरहेका छन् । बालबालिकाले बोरा आफैं घरबाट ल्याउने गरेका छन् । बोराले चिसो नछल्ने हुँदा विद्यार्थीहरु एक त मदरसामा आउनै मान्दैनन् आएपनि सकेसम्म बस्नुको साटो उठेरै समय विताउँछन् ।

चिसो भुईंमा बस्नुपर्दा बालबालिकामा रुघाखोकीको समस्या देखिएको छ । त्यहि कारण अभिभावकहरु सहयोगको खोजीमा छन् ।

मदरसामा ६० वर्ष उमेर कटेका सकुर मोविनले मोल्वी अर्थात शिक्षकको काम गर्दै आएका छन् । जिल्ला शिक्षा कार्यालयले मदरसालाई कक्षा सञ्चालनको अनुमति दिएपनि शिक्षक र आवश्यक अनुदान दिएको छैन । त्यहि कारण विद्यार्थीलाई चिसो भुईंमा राखेर पढाउनुपरेको मोल्वी मोविनले बताए ।

मदरसामा एउटा मात्र कक्षा कोठा रहेका कारण सबै उमेरका बालबालिका एउटै कक्षामा पढ्छन् । तर जिल्ला शिक्षा कार्यालयले भवन बनाउन र डेस्क बेञ्चका लागि भनेर अहिलेसम्म एक रुपैयाँ पनि दिएको छैन । धनुषाका उपजिल्ला शिक्षा अधिकारी दानीकान्त झाले मदरसामा अहिलेसम्म भवनको रकम निकासा नभएको स्वीकार गरे । जिल्लामा ७२ वटा मदरसाले अनुमति पाएकामा ४३ वटा सञ्चालनमा छन् र तीनमा करिब ४ हजार बालबालिका अध्ययनरत छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);