भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने समूहका थप एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने समूहका थप एक जना पक्राउ

काठमाडौं,२९ असार । नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–१६ नयाँबजार खुशिबु ठेगाना भएका ५९ वर्षीय केशब तुलाधरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै विभिन्न किसिमका प्रलोभनमा पारी विश्वास दिलाई पीडितहरूलाई ठगी गर्ने कार्यमा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सानोभ¥याङबाट पक्राउ गरेको हो ।

उनलाई ठगी तथा संगठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

 

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);