लागूऔषधसहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

लागूऔषधसहित पक्राउ

  धनकुटा,२९ असार । अवैध लागूऔषधसहित एक पुरुष पक्राउ परेका छन् ।  साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार चौकबाट अवैध लागूऔषध गाँजा करिब १ केजीसहित साँगुरीगढी गाउँपालिका–६ सिमसुवा बस्ने २३ वर्षीय सनम लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
त्यसैगरी, झापाको मेचिनगर नगरपालिका–१० शान्ति चोकबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय सुनिल सुनारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);