रकस्टार रविन तामाङको आज अन्तेष्टि गरिदैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

रकस्टार रविन तामाङको आज अन्तेष्टि गरिदैं

काठमाडौं, २४ असार । केही दिन अघि आफ्नै घरमा मृत फेला परेका नेपाली चर्चित रकस्टार रविन तामाङको आज अन्त्येष्टि गरिदैंछ । तामाङ परम्पराअनुसार आज स्वयम्भुमा अन्तिम सस्कार गरिने जनाइएको छ ।

त्यसअघि श्रद्धान्जलीका लागि रविनको पार्थिव शरिर आइतबार बिहान नक्सालस्थित संगित तथा नाट्य एकेडेमीमा राखिनेछ । उनका २ सन्तान फ्रान्सबाट आउन समय लागेकोले आज अन्त्येष्टि गर्न लागिएको हो ।

अभिनेता समेत रहेका तामाङ बुढानिलकण्ठ–५ चिसेनीस्थित आफ्नै निवासमा मृत भेटिएका थिए ।

तामाङकी दिदीले घरको कोठाभित्र भाइ रविन भएको र ढोकाभित्रबाट लक भएको भनी प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले ढोका फोरेर हेर्दा तामाङ बेड नजिकै मृत अवस्थामा फेला परेका थिए ।

नेपाली रक ब्याण्ड ‘रविन एन्ड लुज (रविन एन्ड दि न्यू रेभोलुसन)’का संस्थापक रविन फिल्म अभिनयमा जुटेका थिए । ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत दर्जन बढी फिल्ममा अभिनय गरेका उनको पछिल्लो फिल्म ‘छड्के २’ केही अगाडि प्रदर्शनमा आएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);