रकगायक रविन तामाङ आफ्नै घरमा मृत भेटिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

रकगायक रविन तामाङ आफ्नै घरमा मृत भेटिए

काठमाडौं, २० असार । नेपाली चर्चित रकगायक रविन तामाङ आफ्नै घरमा मृत फेला परेका छन् । अभिनेता समेत रहेका तामाङ बुढानिलकण्ठ–५ चिसेनीस्थित आफ्नै निवासमा मृत भेटिएका हुन् ।

तामाङकी दिदीले घरको कोठाभित्र भाइ रविन भएको र ढोकाभित्रबाट लक भएको भनी प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले ढोका फोरेर हेर्दा तामाङ बेड नजिकै मृत अवस्थामा फेला परेका थिए । अहिले गायक तामाङको शव शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमका लागि राखिएको छ । शव १० बजे पोष्टमार्टम हुने छ ।

नेपाली रक ब्याण्ड ‘रविन एन्ड लुज (रविन एन्ड दि न्यू रेभोलुसन)’का संस्थापक रविन फिल्म अभिनयमा जुटेका थिए । ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत दर्जन बढी फिल्ममा अभिनय गरेका उनको पछिल्लो फिल्म ‘छड्के २’ केही अगाडि प्रदर्शनमा आएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);