रबिन तामाङको कस्तो आयो पोस्टमार्टम रिपोर्ट ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

रबिन तामाङको कस्तो आयो पोस्टमार्टम रिपोर्ट ?

काठमाडौं, २१ असार । चर्चित रकगायक रबिन तामाङको पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा मुटुमा समस्या देखिएको छ । सोही कारण उनको निधन भएको हुनसक्ने बताइएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जले रबिनको निधनको मुख्य कारण भने एकिन नभइसकेको जनाएको छ ।

रगत र भिसेरा परीक्षणका लागि प्रयोगशालामा पठाइएको र रिपोर्टको परीक्षणपश्चात मृत्युको कारण पत्ता लाग्नेछ ।

रबिनको परिवारले शव बुझिसकेको छ । मंगलबार राति आफ्नै निवास बुढानिलकण्ठमा मृत अवस्थामा भेटिएका थिए । उनको अन्त्येष्टिको मिति बारे केही बताइएको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);