छड्के २ को फस्टलुक | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

छड्के २ को फस्टलुक

काठमाडौं।अभिनेता अनमोल केसीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अभिनय रहेको फिल्म ‘छड्के २’ को फस्टलुक सार्वजनिक गरेका छन् । फस्टलुकमा अनमोलले हातमा रगतसहितको हतियार बोकेका छन् । उनी आक्रामक लुक्समा छन् । लामो कपालमा रहेका अनमोलको शरीरका विभिन्न स्थानमा ट्याटु पनि देख्न सकिन्छ। निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने फिल्म अनमोलसँगै रविन तामाङ र कमलमणि नेपालको पनि अभिनय छ। काभ्रे फिल्म्सको व्यानरमा निर्माण भइरहेको फिल्मसँग मेधा फिल्म्स र निर्वाण फिल्म स्कुलले सहकार्य गरेका छन् ।

फिल्मको निर्मातामा प्रशान्त गिरी र लक्ष्मण काफ्ले रहेका छन् । फिल्मको हाल चितवन र मुस्ताङमा छायांकन भइरहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);