संस्थाको जग्गा बेच्नेहरू नेकपाबाट निलम्बित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

संस्थाको जग्गा बेच्नेहरू नेकपाबाट निलम्बित

ghar-jagga

काठमाडौं, १९ भदौ । सामाजिक संस्थाको जग्गा बिक्री गर्ने दुई नेतालाई नेकपा बेलबारी कमिटीले पार्टीबाट निलम्बन गरेको छ । पूर्वसभासद तथा तत्कालीन नेकपा एमालेको केन्द्रीय अनुशासन समिति सदस्य हर्कमान तामाङ र जिल्ला कमिटी मोरङका पूर्वसदस्य शिव बराल दुई महिनालाई निलम्बनमा परेका हुन् ।

बराल तत्कालीन बेलबारी गाविसमा दुई कार्यकाल अध्यक्ष भएका थिए । संगठित सदस्य रहेका उनीहरूलाई बुधबार निलम्बन गरिएको पार्टीले जनाएको छ ।

तामाङ र बरालले बेलबारी–२ मा दुई दशकअघि चार अमेरिकी नागरिकले अनाथ बालबालिकाको संरक्षण र पालनपोषणका लागि स्थापना गरेको सहारा बालग्रामको १ विघा ८ कठ्ठा ३ धुर जमिन व्यवसायी डम्बरबहादुर तामाङका नाममा २०७५ मंसिर ११ गते नामसारी गरेर करिब ७० लाख रुपैयाँ लिएको सार्वजनिक भएको थियो । तामाङ बालग्रामका संस्थापक अध्यक्ष र बराल हालका अध्यक्ष हुन् ।

प्रकरणपछि नेकपा बेलबारी नगर कमिटीले सचिव रविन थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले तामाङ र बरालले सार्वजनिक संस्थाको जमिन नियतवश बिक्री गरेको ठहर गरी कारबाही माग गर्दै प्रतिवेदन बुझाएको थियो । दुवै बेलबारी नगरका मेयर ज्ञानेन्द्र सुवेदीका सल्लाहकार पनि हुन् ।

नगर कमिटी अध्यक्ष परशुराम सुवेदी र सचिव थापाले विज्ञप्ति जारी गर्दै सार्वजनिक संस्थाको जग्गा नियतवश बिक्री गरेको पुष्टि भएकाले तामाङ र बराललाई दुई महिनाका लागि निलम्बन गरिएको जनाएका छन् । यो समाचार कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);