अङ्कका आधारमा नभई रुचिका आधारमा विषय छनोट गर्न विद्यार्थीहरुलाई ओलीको सुझाँव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

अङ्कका आधारमा नभई रुचिका आधारमा विषय छनोट गर्न विद्यार्थीहरुलाई ओलीको सुझाँव

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसईई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई बधाई दिएका छन् ।

आज राष्ट्रिय परिक्षा बोर्डले नतिजा सार्वजनिक गरेसँगै ओलीले विद्यार्थीहरुलाई सामाजिक सञ्जाल मार्फत बधाई दिएका हुन् । उनले विद्यार्थीहरुलाई अबको पढाइमा विषय छनौट गर्दा अहिले प्राप्त गरेको अङ्कको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको आधारमा गर्न सुझाव समेत दिएका छन् ।

‘एसईईको परीक्षणमा सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुने प्यारा भाइबहिनीहरुमा हार्दिक बधाई । अबको पढाइमा विषय छनौट गर्दा अहिले प्राप्त गरेको अङ्कको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको आधारमा गर्न सुझाव दिन्छु । शिक्षामा आफूले छनौट गरेको विषयमा निरन्तर सफलता प्राप्त होओस् । जीवनका सम्पूर्ण परीक्षा सफल होउन्, उत्तरोत्तर प्रगतिको कामना,’ ओलीले लेखेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);