लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो पहिलो वार्षिकउत्सव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो पहिलो वार्षिकउत्सव

कुशल दलामी

बाँके । लुम्बिनी प्राबिधिक विश्वविद्यालयले आफ्नो पहिलो वार्षिकउत्सव मनाएको छ ।

लुम्बिनी प्राबिधिक विश्वबिद्धालयका कुलपति एवं लुम्बिनी प्रदेका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको अध्यक्षता र बाँके ३ का प्रतिनिधि सभा सदस्य किशोर सिंह राठौरको प्रमुख आतिथ्यमा बिहिवार नेपालगन्ज स्थित लुम्बिनी प्राविधिक विश्वविद्यालयको सभाहलमा पहिलो वार्षिकोत्सव सम्पन्न भएको हो ।

उक्त कार्यक्रम लुम्बिनी प्रदेशका पुर्ब मुख्यमन्त्री कुल प्रशाद के सि, प्रतिनिधि सभा सदस्य दिपा शर्मा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य किशोर सिँह राठौरले विश्वविद्यालयको अवसर र चुनौती बारे प्रकाश पार्नुभएको थियो । साथै उहाँले पछिल्लो समय प्राविधिक शिक्षाको आवश्यकता रहेको भन्दै बाँकेलाई शैक्षिक हब बनाउन प्रत्येक स्थानीय तहले एक वडा एक नमूना विद्यालय निर्माण गर्नुपर्ने बताउनुभयो ।

पूर्वमुख्यमन्त्री कुल प्रशाद के सि ले यो लुम्बिनी प्रदेशको गौरवको योजना भएकोले यसलाई आवश्यक बजेट आवश्यक निति निर्माण गर्न आवश्यक जनशक्तिको ब्यवस्थापन गर्न अनुरोध गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);