‘हिरोईज इन्टरनेश्नल तेक्वान्दो च्याम्पीएनसिप’मा नेपाललाई एक स्वर्ण, दुई रजत | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८१, शनिबार

‘हिरोईज इन्टरनेश्नल तेक्वान्दो च्याम्पीएनसिप’मा नेपाललाई एक स्वर्ण, दुई रजत

  काठमाडौं । छैठौं ‘हिरोईज इन्टरनेश्नल तेक्वान्दो च्याम्पीएनसिप’मा नेपालले एक स्वर्ण र दुई रजत पदक जितेको छ ।

थाइल्याण्डको राजधानी ब्याङ्ककमा भएको प्रतियोगितामा विशाल कडेलले मास्टर्स समुहको पोम्साई विधामा स्वर्ण पदक जितेका हुन् । साथै, उनले ८० केजी तौल समुहमा रजत पदक हात पारेका छन् ।

इन्टरनेश्नल मास्र्टस समुहको पोम्साई प्रतियोगितामा नेपाली खेलाडी विश्वास अर्यालले रजत पदक जितेका छन् । विशाल र विश्वासले यसअघि पनि बिभिन्न अन्तर्राष्ट्रिय पदकहरु हात पारिसकेका छन् ।

प्रतियोगितामा ३० भन्दा बढी राष्ट्रका खेलाडी सहभागी रहेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);