काठमाडौं, १७ असार । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा आफ्नो स्वार्थ नजोडिएको बताएका छन् । तत्कालीन प्रधानमन्त्रीको हैसियतले जोडिएको भएपनि यो प्रकरणमा आफू र आफ्ना निकट कुनै व्यक्तिको स्वार्थ नजोडिएको स्पष्ट पारेका हुन् ।
“मेरो करिब १९ महिने प्रमकालमा प्रकृयागत ढंगले सयौं निर्णय भएका छन् तीबारे प्रमले सबै सम्झनसक्ने कुरो हुककदैन! म प का निर्णयहरू एकाध बाहेक सबै सम्बन्धित मन्त्रालयबाटै उत्पत्ति भएर आएका हुन्छन् तिनलाई मुख्यसचिवले बैठकमा प्रस्तुत गरेपछि म प को सम्बन्धित समितिमा पठाइन्छ! त्यसले सबै जाककचबुझ गरेर सिफारिस गरेपछि म प ले विधिवत् निर्णय गर्छ।”–भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।
“ललिता निवास सम्बन्धी प्रस्ताव भूमिव्यवस्था मन्त्रालयबाट आएर म प को सामाजिक (?) समितिमा छलफलपछि म पबाट पारित भएजस्तो लाग्छ । मलाई हल्का सम्झना भएसम्म राज्यको समरजंग कम्पनीको नाममा दर्ता भएको करिब तीन रोपनी जग्गा पशुपति टिकिन्छा गुठीको भन्ने भएकाले वास्तविक तथ्य प्रमाण अभिलेख जाचबुझ गरी नियम अनुसार गर्ने वा यस्तै आशयको नीतिगत निर्णय भएजस्तो लाग्छ! यो कुरा मैले अख्तियारको टोलीले केही बर्ष पहिले लिएको बयानमा पनि भनेको छु ।”–उनले लेखेका छन् ।
उनले ललितानिवास लगायत सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानवीन गर्न र दोषीलाई कडा भन्दा कडा कार्वाही गर्न समेत सम्बन्धित पक्षसँग माग गरेका छन् ।