नेपाली कांग्रेस भूकम्प पछिको नेपाल जस्तै : विश्वप्रकाश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपाली कांग्रेस भूकम्प पछिको नेपाल जस्तै : विश्वप्रकाश

काठमाडौं, २७ पुस । नेपाली कांग्रेसका नवनियुक्त प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी पुनर्निर्माण गर्नुपर्ने समय आएको बताएका छन् । प्रवक्ता भएपछि पहिलो पटक केन्द्रीय कार्यालय सानेपामा बुधबार पत्रकार सम्मेलन गर्दै उनले पार्टी पुनर्निर्माण गर्ने समय आएको बताएका हुन् ।

नेपाली कांग्रेस भूकम्पपछिको नेपाल जस्तै बनेकाले पुनर्निर्माण नगरी नहुने समय आएको प्रवक्ता शर्माको भनाई थियो । प्रवक्ता शर्माले पार्टी पुनर्निर्माणका लागि छिट्टै केन्द्रीय कार्यसमितिको बैठक बस्ने बताए ।

प्रवक्ता बन्नु अघि नेतृत्व हस्तान्तरणको माग गर्दै आएका शर्माले प्रवक्ता भएपछि भने नेतृत्व हस्तान्तरणमा ब्यवहारीक जटिलता रहेको बताए । नयाँ सरकारका लागि मार्ग प्रशस्त भएपछि मात्र केन्द्रीय कार्यसमितिको बैठक बस्ने प्रवक्ता शर्माले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);