डा. गोविन्द केसी साधारण तारेखमा रिहा | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

डा. गोविन्द केसी साधारण तारेखमा रिहा

काठमाडौं, २६ पुस । अदालतको अवहेलना गरेको आरोपमा पक्राउ परेका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गरेकाे छ ।

सर्वोच्चमा आज भएको थुनछेक बहस सकिएपछि न्यायधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले डा. केसीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो। डा. केसीलाई अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मा लगाईएको छ ।

यसैगरी प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र पनि मगाउन सर्वोच्चले आदेश दिएको छ । अदालतको अवहेलना गरेको आरोपमा पक्राउ परेका केसीले सर्वोच्च अदालतमा बयान दिँदै प्रधान्यायाधीश पराजुली न्यायाधीश बन्न समेत अयोग्य भएको टिप्पणी गरेका थिए । बयानका क्रममा डा. केसीले पराजुलीको दुई वटा नागरिकता रहेको तथा उमेर सच्याएको आरोप लगाएका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);