काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग लिखित जवाफ माग गरेको छ ।
न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै मंगलबार लिखित जवाफ मागेको हो ।
शाहले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले बालेनविरुद्ध रिट दर्ता गरेकी थिइन्।