काठमाडौं । विश्वकप छनोटमा नेपालविरुद्ध वेस्ट इन्डिजका दुई खेलाडीले सतक पुरा गरेका छन् ।
जिम्बावेमा जारी खेलमा कप्तान साई होप र निकोलस पुरानले सतक पुरा गरेका हुन् ।
वेस्ट इन्डिजले ४१ ओभरमा ३ विकेट गुमाएर २ सय ४६ रन बनाएको छ। यो समाचार तयार पार्दासम्म होप ११२ बलमा १०५ रन र पुरानले ८३ बलमा १०२ रनमा खेल्दैछन्।
नेपालका सन्दीप लामिछाने, करन केसी र गुल्सन झाले समान एक÷एक विकेट लिए। नेपाल चौथो विकेटका लागि संघर्ष गरिरहेको छ ।