दोस्रो विकेट गुल्सन झाले लिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

दोस्रो विकेट गुल्सन झाले लिए

काठमाडौं, ७ असार । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध पहिले बलिङ गरिरहेको छ ।

जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा टस जितेको नेपालका लागि गुल्सन झाले वेष्ट इन्डिजको दोस्रोे विकेट लिएका हुन् । झाले जोन्सन चाल्र्सलाई विकेट किपरले आसिफ शेखको हातबाट क्याच गराएका हुन् ।

यसअघि किरण केसीले केल मयर्सलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका थिए । वेष्ट इण्डिजले ४.१ ओभरमा २ विकेट गुमाएर ९ रन मात्र बनाएको छ । नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेपछि वेष्ट इन्डिजले ब्याटिङ गरेको हो ।

नेपालले मंगलबार अमेरिकासँग खेलेको प्लेईङ–११ लाई नै निरन्तरता दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);