काठमाडौं, ७ असार। जनता समाजवादी पार्टी नेपालले आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
आगामी असार ९ गतेबाट सुरु हुन गइरहेको केन्द्रीय समिति र त्यसको भोलिपल्ट देखी अर्थात् १० गते देखी सुरु हुने विधान अधिवेशनको बारेमा छलफलका लागि कार्यकारिणी समितिको बैठक बस्न लागेको स्रोतले जनाएको छ ।
आजको बैठकमा विधान अधिवेशनको तयारी तथा प्रस्तावित संशोधनसहित तयार पारिएको विधान मस्यौदामाथि कार्यकारिणी सदस्यको राय लिने तथा सो राय अनुसारको निष्कर्ष राजनीतिक समितिमा पेश गरिनेछ । त्यसैगरी, नवगठित समाजवादी मोर्चामा पार्टी सहभागिताका विषयलाई अध्यक्ष उपेन्द्र यादवले विस्तारमा जानकारी गराउनेसमेत कार्यक्रम रहेको छ ।