भौतिक मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रको छुट्टै स्थलगत अनुगमन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

भौतिक मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रको छुट्टै स्थलगत अनुगमन गर्ने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रको छुट्टै स्थलगत अनुगमन गर्ने बताउनुभएको छ ।

बुधवार सिंहदरवारमा मनसुनजन्य विपत्बाट विभिन्न जिल्लामा भएको क्षेतीको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताउनुभएको हो। उहाँले बाढी पहिरोको कारण क्षती भएको सडक,पुल क्षती भएको स्थानमा पुगेर वास्तविक स्थितिको अवस्था बुझेर त्यसका निम्ति सरकारले योजना बनाउने बताउनु भयो।

उहाँले बिहीवार सम्बन्धित जिल्लाका जनप्रतिनिधिहरुसँग छलफल गरेर सडक तथा पुलसँग सम्बन्धित विषयमा ठोस निर्णय लिने बताउनु भयो । उहाँले जनप्रतिनिधिहरुसँगको छलफलमा तत्काल गर्नुपर्ने कामको प्राथमिकता हेरेर ठोस योजना बनाउँने तयारी रहेको बताउनु भयो ।

उहाँले बाढी पहिरोले अहिलेसम्म सडक पुलहरुमा बढी क्षती गरेको भन्दै हेवाखोलाको पुल बगाउँदा ताप्लेजुङ जिल्ला जोडिने सडक मार्ग पूर्णरुपमा बन्द भएको बताउनु भयो। उहाँले हेवाखोलमा तत्काल पुल निर्माण गर्ने भनेर काम भइरहेको बताउनु भयो।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);