नागरिकताको विषयलाई सत्तापक्ष आफैंले राजनीतिकरण गरिरहेको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

नागरिकताको विषयलाई सत्तापक्ष आफैंले राजनीतिकरण गरिरहेको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नागरिकताको विषयमा सत्तापक्ष आफैंले राजनीतिकरण गरिरहेको आरोप लगाउनु भएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले नागरिकताको समस्या समाधान गर्ने भए तत्काल नागरिकता विधेयक संसदमा ल्याउन पनि सरकारलाई दवाव दिनु भयो । त्यसको कन्टेन्टमा छलफल गरेर फाष्ट ट्रयाकबाट सो विधेयक पारित गर्न आफूहरुको कुनै आपत्ति नरहेको अध्यक्ष लिङदेनको भनाई थियो ।

उहाँले सत्तापक्षले नेपाली नागरिकलाई नागरिकता नदिने काम प्रतिपक्ष दलहरुबाट भएझैं गरेर गलत प्रचार गरिरहेको भन्दै आपत्ति जनाउनु भयो । अध्यक्ष लिङदेनले भारतलाई खुशी बनाउन र नागरिकता नपाएका नागरिकहरुलाई पनि खुशी बनाउने सरकारले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण गराएपनि पीडितलाई नागरिकता दिने नियत नभएको नदेखिएको पटकपटक दोहो¥याउनु भयो ।

उहाँले भन्नु भयो, ‘सभामुख महोदय, म सो जुवारी, सवालजवाफ अथवा अरुको कुरा काटने कुरामा त्यति चासो राख्दिन । तर कहिलेकहिले यस्तो चिजहरु आईलाग्छन । आज पनि मैलेअघि लामो समयदेखि यहाँ सुनिराखेको छु । एउटा भाष्य निर्माण भईराखेको छ कि यो नागरिकता विधेयकको प्रक्रियामा प्रतिपक्षहरुले जुन विरोध ग¥यौं । र, हामीले त्यसमा आफ्नो फरक मत राखिराखेका छौ । त्यसलाई अहिले सत्तापक्षले नागरिकता नपाएका नेपाली नागरिकहरु, जो नागरिकताविहिन नेपालीहरु छन । उनीहरुलाई भोट बैंकको रुपमा परिणत गर्ने अवसरको रुपमा उपयोग गर्न खोजेको देखियो । हामीले कुनै पनि नेपाली नागरिक जसका बाबुआमा नेपाली नागरिक छन । तर अहिले उमेर पुगेर पनि नेपाली नागरिकताबाट बञ्चित छन । उनीहरुले नागरिकता पाउनु हुँदैन भनेर भनेका छैनौ हामीले । हामीले यो नागरिकता विधेयक आउनु हुँदैन भनेर भनेका छैनौं । हामीले प्रक्रियाका कुरा गरेका छौ । र, त्यसमाथि अझ कन्टेन्टमा पनि केही छलफल गर्नुपर्ने कुराहरु छन । र, छलफल गरेर लैजाऊ भनेर भनेका छौं । सत्तापक्ष, यदि नागरिकता विधेयकबारे इमान्दार थियो भने त्यो जे प्रक्रिया चलिराखेको थियो । र, जहाँ गएर अडकिराखेको थियो । त्यसमा विवाद छ । विवाद हुन्छ भन्ने कुरा सत्तापक्षलाई थाहा थियो । र, इमान्दार थियो भने उसले सर्वदलीय बैठक राख्न सक्थ्यो कि सक्दैन थियो ? यसको बारेमा के गर्ने । यसलाई कसरी अगाडि बढाउने, चाँडै टुंगो लगाउनुपर्नेछ भन्ने ढंगले यसबाट निकास निकाल्न सकिन्थ्यो कि सकिदैन थियो ? सुटुक्कै, त्यो पनि भारत भ्रमणमा निस्कनु १÷२ घण्टा अगाडि गर्नुपर्ने के कारण छ ? र, अहिले रोकिएको एमालेको कारण, राप्रपाको कारण, रास्वपाको कारण रोकिएको हो ? त्यो अदालतमा हामीले गएर उजुरी हालेको हो ? तपाईहरुलाई थाहा थियो–हामीले अहिले गर्नलाई गरिदिऊ । भारत पनि खुशी हुन्छ । यो नागरिकता नपाएका मानिसहरु पनि खुशी हुन्छन । आखिरी अदालत रोकि हाल्छ । कसै न कसैले उजुरी गरीहाल्छ । जानाजान गरेको विषय हो । यो चिज त हामीले भनेका छैनौं । त्यसकारण यसलाई राजनीतिकरण गर्नु हुँदैन । अहिले पनि सरकार समस्याको समाधान चाहन्छ भने त्यो विधेयक संसदमा ल्याओस् । सबै राजनीतिक दलहरुलाई आग्रह गर्न चाहन्छु–फाष्ट ट्रयाकबाट टुंगोमा पु¥याऊ । ो कुनै आपत्तिको विषय होइन । यो नागरिकताको समस्या हामी सबैको समस्या हो । र, यसलाई छलफलबाट टुंगो लगाउनु पर्छ भन्ने कुरामा कुनै आपत्ति छैन । र, आपत्ति नरहेको कुरा म फेरी पनि दोहो¥याउन चाहन्छु । र, यसलाई राजनीतिकरण नगरियोस भनेर भन्न चाहन्छु ।’

अध्यक्ष लिङदेनले नागरिकताको विषयमा राजनीतिकरण नगर्न सत्तारुढ दलहरुलाई आग्रह गर्दै त्यो समस्या समाधान हुने गरी विधेयक संसदमा ल्याउन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);