‘आदिपुरुष’बाट ‘भारतकी’ शब्द सेन्सर बोर्डले हटाइसक्यो : सञ्चार मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

साउन ३१ २०८३, सोमबार

‘आदिपुरुष’बाट ‘भारतकी’ शब्द सेन्सर बोर्डले हटाइसक्यो : सञ्चार मन्त्रालय

काठमाडौं, ४ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्रालयले हिन्दी भाषाको कथानक चलचित्र ‘आदिपुरुष’ मा नेपालको राष्ट्रिय विभूतिका रूपमा रहेकी जानकीको बारेमा ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले सो फिल्ममा भारतीय बेटीको रूपमा प्रस्तुत भएको संवादमा ‘भारतकी’ शब्दलाई नेपालको सेन्सर बोर्डबाट प्रदर्शन अनुमति प्रदान गर्नुपूर्व नै हटाइसकिएको उल्लेख गरेको छ ।

विज्ञप्तीमा लेखिएको छ,‘उक्त चलचित्र केन्द्रीय चलचित्र जाँच समितिले जेठ ३१ गते जाँच गर्दा नेपालको एक राष्ट्रिय विभूतिका रूपमा रहेकी जानकीलाई भारतीय बेटीको रूपमा प्रस्तुत भएको संवादमा ‘भातरकी’ शब्दलाई हटाउन लगाई सो पश्चात मात्र चलचित्र जाँच पास प्रमाणपत्र दिई सार्वजनिक प्रदर्शन गर्न अनुमति प्रदान गरिएको हो ।’

 

Leave a Reply