पार्टीहरुले सत्तामा गएर सम्पती कमाउन मात्रै एकता गर्ने गरेको केसीको आरोप | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

पार्टीहरुले सत्तामा गएर सम्पती कमाउन मात्रै एकता गर्ने गरेको केसीको आरोप

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालका पार्टीहरुले सत्तामा जान र सत्तामा गएर सम्पती कमाउन मात्रै एकता गर्ने गरेका बताउनु भएको छ ।

बिहीवार संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा समाजवादी केन्द्र बन्न लागेको कुरातर्फ इंकित गर्दै को जुट्छ र को फुट्छ भन्ने जनताको चासोको विषय नभएको प्रतिक्रिया दिनुभयो ।

उहाँले आगामी आर्थिक वर्षको बजेट कटौती गर्ने भए गोरखा, डडेल्धुरा र नुवाकोटमा गएको बजेट कटाउनुपर्ने बताउनु भयो । उहाँले तिन जना मान्छेले मात्रै कुल बजेटको ५१ प्रतिशत बजेट लगेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);