रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा, रोनाल्डोले बनाए ऐतिहासिक किर्तिमान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा, रोनाल्डोले बनाए ऐतिहासिक किर्तिमान

रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा, दोस्रो लेगमा बार्यन म्युनिखलाई ४–२ ले पराजित, च्याम्पियन्स लिगमा रोनाल्डोको सयौं गोलको किर्तिमान

रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं । क्रिष्टियानो रोनाल्डोको हृयाट्रिकको मदतमा रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार बिहान भएको दोस्रो लेगमा रियल मडिडले बार्यन म्युनिखलाई ४–२ ले पराजित गर्यो ।

पहिलो लेगमा २–१ को जित निकोलेको रियल समग्रमा ६–३ को जितका साथ अन्तिम चारमा पुगेको छ ।

खेलमा रियल म्याड्रिडका स्टार पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले क्लब फुटबलमा अर्को ठूलो उपलब्धी हात पारेका छन् ।

उनी क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगमा सय गोल पुरा गर्ने पहिलो खेलाडी बन्न पुगेका छन् ।

रोनाल्डोले बुधबार बिहान जर्मन क्लब वायर्न म्युनिखविरुद्ध क्वाटरफाइनलको दोस्रो लेगको खेलमा ह्याट्रिक गोल गरेपछि च्याम्पियन्स लिगमा आफ्नो सयौं गोल पुरा गरेका हुन् ।

उनले यो उपलब्धी १ सय ३७ खेलमा प्राप्त गरेका हुन् । उनको पहिलो गोल रोमाविरुद्ध सन् २००७ को च्याम्पियन्स लिगमा थियो।

त्यतिबेला उनी इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आवद्ध थिए । च्याम्पियन्स लिगमा ज्यादा ह्याट्रिक गर्ने मामिलामा लिओनल मेसी अगाडि छन् ।

उनले ७ ह्याट्रिक गरेका छन् । मेसीको च्याम्पियन्स लिगमा ९४ गोल छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);