काठमाडौं । क्रिष्टियानो रोनाल्डोको हृयाट्रिकको मदतमा रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार बिहान भएको दोस्रो लेगमा रियल मडिडले बार्यन म्युनिखलाई ४–२ ले पराजित गर्यो ।
पहिलो लेगमा २–१ को जित निकोलेको रियल समग्रमा ६–३ को जितका साथ अन्तिम चारमा पुगेको छ ।
खेलमा रियल म्याड्रिडका स्टार पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले क्लब फुटबलमा अर्को ठूलो उपलब्धी हात पारेका छन् ।
उनी क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगमा सय गोल पुरा गर्ने पहिलो खेलाडी बन्न पुगेका छन् ।
रोनाल्डोले बुधबार बिहान जर्मन क्लब वायर्न म्युनिखविरुद्ध क्वाटरफाइनलको दोस्रो लेगको खेलमा ह्याट्रिक गोल गरेपछि च्याम्पियन्स लिगमा आफ्नो सयौं गोल पुरा गरेका हुन् ।
उनले यो उपलब्धी १ सय ३७ खेलमा प्राप्त गरेका हुन् । उनको पहिलो गोल रोमाविरुद्ध सन् २००७ को च्याम्पियन्स लिगमा थियो।
त्यतिबेला उनी इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आवद्ध थिए । च्याम्पियन्स लिगमा ज्यादा ह्याट्रिक गर्ने मामिलामा लिओनल मेसी अगाडि छन् ।
उनले ७ ह्याट्रिक गरेका छन् । मेसीको च्याम्पियन्स लिगमा ९४ गोल छ ।