दोस्रो अभ्यासमा पनि नेपाल पराजित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

दोस्रो अभ्यासमा पनि नेपाल पराजित

काठमाडौं । दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित भएको छ।

नेपालले नेदरल्यान्ड्ससँग आज पाँच विकेटले पराजित भएको हो। नेपालले दिएको १५७ रनको लक्ष्य ३६.१ ओभरमा पाँच विकेट गुमाएर भेटाएको थियो ।

नेदरल्यान्डस्का लागि विस्ली बार्रेसीले अविजित रहँदै सर्वाधिक ६३ रनको योगदान दिए । साथै, साक जुल्फिकर र स्कट एडवार्डले समान २२ रन जोडेका थिए ।

नेपालका लागि गुलसन झा तथा ललितनारायण राजवंशीले समान २–२ तथा प्रतिश जिसीले १ विकेट लिए।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३० रन बनाए। गुल्सन झाले २४, प्रतिश जिसीले १९, सोमपाल कामी र आरिश शेखले १८, भीम सार्कीले १० रन बनाए ।

बलिङतर्फ लिभान विकले सर्वाधिक ५ विकेट लिँदा क्लेटोन फ्लोइडले दुई र शरिज अहमतले एक विकेट लिए।

पहिलो अभ्यासमा नेपाल बिहीबार स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);