उत्तर कोरिया र दक्षिण कोरियाबीच वार्ता सुरु | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८३, बुधवार

उत्तर कोरिया र दक्षिण कोरियाबीच वार्ता सुरु

एजेन्सी, २५ पुष । उत्तर कोरिया र दक्षिण कोरियाबीच उच्चस्तरीय वार्ता सुरु भएको छ ।

दक्षिण कोरियाको प्रस्तावमा दुई देशबीचको सीमा क्षेत्रमा पर्ने पानमुनजोम गाउँमा पर्ने पिस हाउसमा उच्चस्तरीय वार्ता सुरु भएको छ । दुई कोरियाबीच पछिल्ला दुई वर्षमा पहिलो पटक उच्चस्तरीय वार्ता भएको हो । वार्ता ,आगामी महिना हुने विन्टर ओलम्पिकमा उत्तर कोरियाको सहभागीताका विषयमा केन्द्रीत रहेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

वार्ताबाट दुई कोरियाबीचको सम्बन्ध सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । नयाँ वर्षको शुभकामना सन्देश दिने क्रममा उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियासँग सम्बन्ध सुधार गर्न चाहेको संकेत गर्दै, आउँदो फेब्रुअरीमा सिओलमा हुने विन्टर ओलम्पिकमा आफ्नो देशका खेलाडी सहभागी गराउन तयार रहेको बताएका थिए । त्यसपछि दक्षिण कोरियाले विन्टर ओलम्पिकमा उत्तर कोरियाका खेलाडीको सहभागिताको विषयमा छलफल गर्न उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको थियो ।

ताजा समाचार