प्रचण्डलाई मोदीको मुर्रा भैंसी उपहार देखि महाकालेश्वर दर्शनको सन्देश | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

प्रचण्डलाई मोदीको मुर्रा भैंसी उपहार देखि महाकालेश्वर दर्शनको सन्देश

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणबाट ठूलै उपलब्धि हासिल गरेको दाबी गरे । तर, उनी नेपाल नआउँदै भारत सरकारले उन्नत जातको मुर्रा भैंसी उपहार दिएको घोषणा गर्यो ।

मुर्रा भैंसी उपहारले प्रचण्डलाई धेरै व्यंग्य गरियो । उन्नत जातको यो भैंसी नेपाल सरकारले सात वर्ष अघि नै भारतसँग मागेको थियो । जुन बल्ल प्राप्ति भयो ।
रोचक त यो छ कि प्रचण्डले विगतमा भैंसी पूजा गरेको तस्बिर भाइरल भएको थियो । भारत भ्रमणको बखत भैंसी उपहार आयो ।

प्रचण्डले महाकालेश्वरको दर्शनको अवसर पनि प्राप्त गरे । मध्य प्रदेशको यो मन्दिर निकै पुरानो र दैनिक लाखौंले दर्शन गर्ने भएकाले प्रशिद्ध छ । औपचारिक भ्रमणका बखत प्रचण्डले नेपालको प्रधानमन्त्रीको रुपमा मन्दिरको दर्शन गरे ।

नेपालको पशुपतिनाथ पनि नपसेका प्रचण्ड भारतको महाकालेश्वर पुगे । कतिपयले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डलाई मन्दिर प्रवेशको अवस्था बनाइदिएको टिप्पणी पनि गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);