विद्युतको आन्तरिक खपत बढाउनुपर्छ : मन्त्री महत | ईमाउण्टेन समाचार

Our Network

जेठ १३ २०८१, आइतबार

विद्युतको आन्तरिक खपत बढाउनुपर्छ : मन्त्री महत

काठमाडौं, २२ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युत निर्यातको समस्या समाधान हुने बताउनुभएको छ । आईतवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अर्थमन्त्री महतले भारत भ्रमण भएसँगै अब विद्युत निर्यातको समस्या समाधान हुने बताउनुभएको हो ।

उहाँले विद्युत निर्यातको समस्या नहुनुलाई नेपालले ठूलो उपलब्धिको रुपमा लिनुपर्ने बताउनु भयो । उहाँले विद्युतको उत्पादन बढाएसँगै आन्तरिक खपत पनि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्युत निर्यातलाई बढाउन सकेमा व्यापार घाटा घट्ने बताउनुु भयो ।

उहाँले भन्नुभयो – ‘भ्रमण अत्यन्त सौर्हादपूर्ण भयो । अब दिर्घकालमा विद्युत निर्यातको जुन समस्या थियो त्यो समस्यालाई समाधान गर्ने काम अगाडी बढेको छ । हामीले विद्युत उत्पादन गर्न सक्नुप¥यो । अब बजारको समस्या हुन्न भन्नेकुरा यो ठूलो उपलब्धिको कुरा हो जस्तो लाग्छ । यद्यपी यो विषयमा पहिलादेखि नै काम भइराखेको थियो । अहिले आएर यसले मूर्त रुप लिएको छ । एकातिर हाम्रो विद्युत उत्पादन बढ्दै गएमा आन्तरिक खपत पनि हामीले बढाउँदै लाने हो । यहाँको यातायातलाई विद्युतीय माध्यमबाट चलाउनेदेखि लिएर खाना पकाउने कुराहरुलाई विद्युतीय माध्यमबाट चलाउने ग¥यो भने हाम्रो पेट्रोलियम आयात घट्छ । त्यसैगरी विद्युत निर्यात हामीले ज्यादाभन्दा ज्यादा गर्न सक्यौँ भने त्यसबाट पनि व्यापार घाटा घट्ने भयो । एकातिर आयात प्रतिस्थापन गरेर अर्को निर्यात बढाएर । यो चाहीँ ठूलो उपलब्धि हुन्छ । त्यस अर्थमा यो भ्रमण उपलब्धिमुलक रह्यो । दुई वटा ठुला महत्वपूर्ण आयोजनामा लगानी आउँदैछ त्यो पनि राम्रो कुरा हो ।’

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);