कञ्चनपुरको महेन्द्रनगर बजार अब्यवस्थित वन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कञ्चनपुरको महेन्द्रनगर बजार अब्यवस्थित वन्दै

पुष्कर भट्ट,४ बैशाख कञ्चनपुर ।
कुनै बेला सफा र ब्यवस्थित बजारका रुपमा परिचित कञ्चनपुरको महेन्द्रनगर बजार यतिवेला कञ्चनपुरको अब्यवस्थित बनेको छ । नगरको गुरुयोजना अनुसार प्लानिङ्ग क्षेत्रलाई बिगार्न थालेपछि यो बजार फोहर तथा अब्यवस्थित बन्दै गएको हो ।

कञ्चनपुरको महेन्द्रनगर बजार अब्यवस्थित वन्दै

कञ्चनपुरको महेन्द्रनगर बजार अब्यवस्थित वन्दै पुष्कर भट्ट,४ बैशाख कञ्चनपुर । कुनै बेला सफा र ब्यवस्थित बजारका रुपमा परिचित कञ्चनपुरको महेन्द्रनगर बजार यतिवेला कञ्चनपुरको अब्यवस्थित बनेको छ । नगरको गुरुयोजना अनुसार प्लानिङ्ग क्षेत्रलाई बिगार्न थालेपछि यो बजार फोहर तथा अब्यवस्थित बन्दै गएको हो । स्कटलेण्डबाट पलटिङ नक्सा ल्याएर तत्कालीन राजा महेन्द्रले यो बजार बसाएका थिए । ६ सय ३६ बिघा क्षेत्रफलमा फैलिएको घुसुडी बजारका नामले चिनिने यो बजारलाई २०१९ सालमा नयाँ परिकल्पना गरि २०३३ सालमा नयाँ बजारका रुपमा स्थापित गरिएको थियो ।

 

बजार ब्यवस्थित गर्न राजा महेन्द्रले सरकारी कार्यालय, सुरक्षा निकाय खेलकुद र बसोबास क्षेत्र लगायतलाई उचित ब्यवस्थापन गरि बजार बसोबास गराएका थिए । तर हाल आएर बजारमा नगरको गुरुयोजना अनुसार प्लानिङ्ग क्षेत्रलाई बिगारेर फोहर तथा अब्यवस्थित बनाएको छ । बजारबासीले जथाभाबी रुपमा सेफटीटेङ्की र भरयाङ्ग निर्माण गर्दा बजार अस्तव्यस्त वन्दै गएको छ । ढल माथी नै पक्की संरचना बनाउदा समेत भिमदत्त नगरपालीकाले कुनै चासो देखाएको छैन ।

 

अझ बजारमा पैदल यात्रीका लागी बनाएको दायाँबायाँको सडकपेटीमा स्थानिय ब्यापारीले पसलका सामानहरु बिक्रिका लागी राखे पछि दुर्घटनाका साथै बजारमा यात्रा गर्न हम्मे पर्दै गएको छ । बजार क्षेत्रमा उचित पार्किङ्गको ब्यवस्था नहुदा सडकमा ठुला देखी साना सवारी साधन जथाभावी पार्किङले समस्इा झन् चुलीदो छ । ट्राफिक प्रहरी र नगर प्रहरीले बजारमा जथाभाबी रुपमा रहेका ठेलागाडा र भिडलाई नियन्त्रणमा लिन नसक्दा उपभोक्ताहरुले सास्ती ब्यहोर्नु परेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);