सरकारी जग्गामा स्थानीयको रजाइँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सरकारी जग्गामा स्थानीयको रजाइँ

ghar jagga

महेन्द्रनगर, १६ माघ ।  तीसको दशाकमा सरकारले कञ्चनपुरको महेन्द्रनगर बजारलाई व्यवस्थित सहर बनाउने दीर्घकालीन गुरुयोजना ल्यायो । त्यो कार्ययोजना लागू गर्न सरकारले महेन्द्रनगर नगर विकास समिति गठन गर्यो । योजना अनुसार तयार पारिएको महेन्द्रनगर बजार देशकै १० व्यवस्थित सहरमध्ये एक थियो ।

सुरुमा गुरुयोजना अनुसार नै विकास र विस्ता कार्य अघि बढ्यो । तर, पछिपछि गुरुयोजना लत्याएर सहरमा जथाभावी संरचना बन्न थाले । पछिल्लो एक दशकमा सार्वजनिक  जमिन अतिक्रम गरेर संरचना बनाइएको छ । अहिले सहरको स्वरुप र सौन्दर्य नै बिग्रन थालिसकेको छ ।

सरकारी समित्वमा रहेको जमिन नै मासिने गरी मापदण्ड विपरीत अवैध सयौँ पक्की संरचना बनेका छन् । गुरुयोजना मिचिएको छ । यो समाचार  आजको अन्नपूर्णमा  छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);