देउवाले किन बोलाउन सक्दैनन् बैठक ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

देउवाले किन बोलाउन सक्दैनन् बैठक ?

काठमाडौं, १७ जेठ । सत्तासाझेदार नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्न सकेको छैन् । हरेक २ महिनामा कम्तिमा एकपटक केन्द्रीय कार्यसमिति बैठक बस्नुपर्ने भएपनि १० महिनासम्म सभापति शेरबहादुर देउवाले बैठक बोलाउन सकेका छैनन् ।

देउवा निकट नेता बालकृष्ण खाँण नक्कली शरणार्थी प्रकरणमा अहिले प्रहरीको नियन्त्रणमा छन् । खाँणलाई निलम्बन गर्नुपर्ने माग कांग्रेसभित्र उठेको छ । खाँणसँगै सोही प्रकरणमा देउवा पत्नी आरजु राणाको नाम पनि मुछिएको छ । उनले खाँणसँगै आफु र आफ्नो परिवार पनि तानिने भएकोले खाँणलाई निलम्बन गर्न चाहादैनन् । तर महामन्त्री द्धय गगन थापा र विश्वप्रकाश शर्माले कारवाही स्वरुप पार्टीले निलम्बन गर्नुपर्ने बताइरहेका छन् त्यसका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाउन आग्रह गरेका छन् । देउवाले बैठक बोलाउनेबारे महामन्त्रीहरुको कुरा टेर पुछार लगाएका छैनन् ।

यसै क्रममा केन्द्रीय सदस्य मधु आचार्यले पार्टीको केन्द्रिय कार्यसमितिको बैठक नबोलाए विशेष महाधिवेशन बोलाउन बाध्य हुने चेतावनी दिए । मंगलवार काठमाडौंमा आयोजित नेपाली काँग्रेस रुपान्तरण अभियानको वागमती प्रदेश विशेष कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य आचार्यले पार्टीको केन्द्रिय कार्यसमितिको बैठक बोलाउन माग गरे । उनले पार्टीको विधान अनुरुप हरेक २ महिनामा कम्तिमा एक पटक केन्द्रिय कार्यसमिति बैठक बस्नुपर्ने भएपनि १० महिनासम्म बैठक बस्न नसकेको बताए । उनले पार्टीका उपसभापति र महामन्त्रीहरुले समेत पदाधिकारी बैठकमा केन्द्रिय कार्यसमितिको बैठक बोलाउन माग गरिएपनि नेतृत्वले नसुनेको बताए । उनले पार्टीको औपचारिक समितिका बैठकहरु नबोलाएमा विधानले दिएको अधिकार प्रयोग गरी विशेष महाधिवेशन बोलाइने बताए ।

उनले भने,‘नेताहरुलाई विनम्रतापूर्वक भन्छौँ, पार्टीका औपचारिक प्लेटफर्महरु यदी सञ्चालनमा ल्याइँदैन । बेलैमा मिटिङहरु बसाइँदैन । केन्द्रिय समितिको बैठक बस्दैन । वर्षमा एकपटक बोलाउनुपर्ने महासमितिको बैठक बस्दैन । पार्टीको केन्द्रिय समितिको बैठकले निर्णय गरेको ६ महिनाभित्रमा नीति अधिवेशन गर्ने भनेको कुराको यदी नीति अधिवेशन पनि बोलाइँदैन भने फेरि विधानले दिएको अधिकारहरु प्रयोग गरेर हामी भोलि विशेष महाधिवेशन समेत बोलाउन बाध्य हुनेछौँ ।’

पार्टीले भ्रष्टाचारका कुराहरुलाई ढाकछोप गर्दै हिँडे आगामी दिनमा कठिनाइ हुने उनको भनाइ थियो । काँग्रेस बिग्रिन र सिद्धिन लागेकोले भन्दै उनले पार्टीलाई सो अवस्थाबाट जोगाउन रुपान्तरण अभियान चलाएको उल्लेख गरे । आफूहरुको अभियान काँग्रेसको चिन्ता गर्नेहरुको अभियान भएको स्पष्ट पार्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);