शरणार्थी प्रकरण छलफल गर्न पार्टीको बैठक छल्दै देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

शरणार्थी प्रकरण छलफल गर्न पार्टीको बैठक छल्दै देउवा

काठमाडौं, ३ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि नेपाली कांग्रेसभित्र हलचल आएको छ । पार्टीभित्रैबाट खाँणको पार्टी सदस्यता निलम्बनको दबाब आएपनि सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक नबोलाएको नेताहरुको गुनासो छ ।

देउवालाई खाँणको भन्दा पनि आफ्नी श्रीमती डा.आरजु देउवाको नाम आउँला भन्नेमा बढी चिन्तित देखिएको निकटस्थहरु बताउँछन् । उनले दिनमा ५ पटकसम्म अनुसन्धानमा खटिएका प्रहरी प्रमुखहरुलाई फोन गरेर सोध्ने गरेको समेत समाचार बाहिर आएको छ ।

महामन्त्री द्धय गगन थापा र विश्वप्रकाश शर्माले खाँणको सदस्यता निलम्बन गर्नुपर्ने आवाज पदाधिकारी बैठकमा उठाएका थिए । तर, सभापति देउवाले अहिलेसम्म नेताहरुको मागमा टेरपुछार लगाएका छैनन् । नेतृत्वले बैठक छलेर पार्टीको हित नहुने केन्द्रीय सदस्य नैनसिंह महरको तर्क छ । चाँडै नै बैठक राखेर पार्टीमा आइ लागेका समस्या र संकटबारे छलफल गरेर कार्यदिशा र नयाँ दृष्टिकोण बनाउनुपर्ने उनको जोड छ ।

नेतृत्वले पार्टी र मुलुक जोगाउने भन्दा पनि व्यक्ति जोगाउन खोज्दा कांग्रेसको भविष्यमाथि नै संकट उत्पन्न हुँदै गएको केन्द्रीय सदस्य प्रदीप पौडेल बताउँछन् । केन्द्रीय सदस्यहरुले बैठक बोलाउन दबाब दिएपनि नेतृत्वले नसुनेको उनको गुनासो छ ।

देउवाले बैठक नराखेपछि महामन्त्री थापाले मंगलबार विज्ञप्ति जारी गरेर आफ्नो दृष्टिकोण सार्वजनिक पनि गरे । विज्ञप्तीलाई पार्टीकै दृष्टिकोणका रूपमा लिन उनले आह्वानसमेत गरेका छन् । अनुसन्धानको दायरामा परेका जोसुकै सार्वजनिक पदबाट अलग हुनुपर्ने, नभए पार्टीले निलम्बन गर्नुपर्ने उनको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);