बालकृष्ण खाँणबारे देउवा किन मौन ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

बालकृष्ण खाँणबारे देउवा किन मौन ?

काठमाडौं, ५ जेठ । भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण प्रहरीको हिरासतमा छन् । उनी प्रकाउ परेको ९ दिन हुँदासम्म पार्टीले आधिकारिक प्रतिक्रिया सार्वजनिक गर्न सकेको छैन् । महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा भने .पार्टीको क्रियासिल सदस्यता निलम्बन गर्नुपर्ने भन्दै आएका छन् । तर सभापति शेरबहादुर देउवा भने यस विषयमा चुइक्क बोलेका छैनन् ।

देउवाले सो प्रकरण र आफ्ना नेता खाँणको बारे कुनै प्रतिक्रिया नदिँदा आम जनता निराशा भएका छन् । देउवाले खाँणलाई चोख्याउन लागेका हुन् कि भन्ने पनि आम मानिसहरुलाई अनुमान भइरहेको छ । यहि विषयमा छलफल गर्न कार्य सम्पादन बैठक बोलाएपनि खाँणको निलम्बनबारे कुरा उठ्न सक्ने भएकोले देउवाले बैठक बोलाउने हिम्मत गर्न सकेका छैनन् । बैठक टार्दै आएका छन् ।

देउवा नेतृत्वको सरकारका गृहमन्त्री खाँण पक्राउ परेपछि कतै आफ्नो नाम पनि आउने होकी भन्ने चिन्ता रहेको हुन सक्ने एक नेता बताउँछन् । खाँण गत वैशाख २७ गते पक्राउ परेका हुन् । उनी पक्राउ परेको भोलिपल्ट पदाधिकारी बैठक बसेको थियो । बैठकमा महामन्त्री द्धय थापा र शर्माले खाँणलाई तत्काल पार्टीको जिम्मेवारीबाट अलग गर्नुपर्ने प्रस्ताव राखेका थिए । पार्टी विधानअनुसार खाँणको बारे निर्णय गर्न केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिको बैठक बस्नुुपर्ने हुन्छ । तर देउवाले दुवै बैठक टार्न खोजिरहेका छन् ।

यो प्रकरणमा देउवाले आफ्नो राजनीतिक भविष्य र पारिवारिक स्वार्थलाई केन्द्रमा राखेर सार्वजनिक रुपमा प्रतिक्रिया नदिएको एक नेता बताउँछन् । शरणार्थी प्रकरणमा उनकी श्रीमती आरजु राणा र खाँणकी श्रीमती मन्जु खाँणबारे अप्रमाणित अडियो सार्वजनिक भएको थियो । अडियो प्रकरणबारे राणाले सत्यतथ्य छानबिन गर्न साइबर ब्युरोमा पनि उजुरी दिएकी छिन् । आरजुले साढे २ करोड र खाणँपत्नी मञ्जुले ६ करोड गिरोहबाट रकम बुझेको भनिएको अडियोमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);