बालकृष्ण खाँण थुनामा बस्नु पर्ने वा नपर्ने, आज टुंगो लाग्ला ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बालकृष्ण खाँण थुनामा बस्नु पर्ने वा नपर्ने, आज टुंगो लाग्ला ?

balkrishna khad

काठमाडौं, २८ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पुर्वगृहमन्त्री बालकृष्ण खाँणको पुनरावेदनमाथि आज सुनुवाई हुँदैछ । सो मुद्दा उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा सुनुवाइ हुँदैछ ।

बालकृष्ण खाँण नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समूहका बलिया नेता मानिन्छन् । लामो राजनीतिक अनुभव सँगालेका खाँणको संगठनमा बलियो पकड भएकै कारण उनलाई कुनैबेला देउवा समूहबाट भविष्यको नेतृत्वकर्ताका रुपमा हेरिएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेपछि भने खाँणको शक्ति ह्वात्तै घटेको छ । उनी जेल पार्नुमा शरणार्थी प्रकरण मात्र नभएर काँग्रेसको देउवा समूहको आन्तरिक संघर्ष पनि हो भन्ने एकथरीको विश्लेषण छ । आज यो प्रकरणमा मुद्या लड्दा जेलमा बस्नु पर्ने या नपर्ने टुंगो लाग्दैछ ।

पूर्वगृहमन्त्री समेत रहेका खाँणको देउवा समूहका केही नेतासँग तीतो सम्बन्ध रहेको थियो । उनका मुख्य प्रतिष्पर्धीहरुले पनि यो प्रकरणमा चलखेल गरेको चर्चा छ । यसकारण पनि उनलाई जेलबाहिर आउन नदिने रणनीति चलिरहेको छ ।

विद्यार्थी र तरुणको राजनीतिबाट आएकाले खाँणको सांगठनिक पकडसामु अरुलाई मुश्किल छ । शरणार्थी प्रकरणबाट उनीबाट गम्भीर अपराध भएको हो या होइन अदालतले टुंगो लगाउने विषय हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);