जावलाखेल दोस्रो स्थानमा,त्रिभुवन आर्मी पराजित | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८१, बिहीबार

जावलाखेल दोस्रो स्थानमा,त्रिभुवन आर्मी पराजित

काठमाडौं, १७ जेठ । विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै जावलाखेल युथ क्लव राजधानीमा जारी शहीद स्मार ए डिभिजन लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जावलाखेलले आर्मीलाई २–० गोल अन्तरले पराजित गर्दै स्पष्ट तीन अंक जोड्न सफल भएको हो ।

बलियो आर्मीबिरुद्ध सुखद नतिजा निकाल्ने क्रममा जावलाखेलका लागि दुवै गोल एनकोटो मासोबीले दोस्रो हाफमा गरे । प्रतिष्पर्धात्मक बनेको पहिलो हाफमा दुवै टोलीले केही राम्रा अवसर पाएपनि सदुपयोग गर्न चुकेका थिए । दोस्रो हाफमा भने जावलाखेलले सुधारिएको प्रदर्शन गर्दै आर्मीलाई दबाबमा राख्यो । सो क्रममा जावालखेलले ५६ औं मिनेटमा एनकोटोको गोलमार्फत अग्रता निकाल्न सफल भयो । समिराज थोकरको पासमा मासोबीको फितलो प्रहारलाई आर्मीका गोलकिपर विकेश कुथुले बचाउन नसक्दा गोल भएको थियो । त्यसपछि मनोबल बढाउँदै आक्रामक खेललाई निरन्तरता दिएको जावलाखेलले ७९ औं मिनेटमा दोस्रो गोल गर्न सफल भयो । मासेबीले फोफनाको क्रसलाई हेडरमार्फत टोलीका लागि तथा व्यक्तिगत दोस्रो गोल गर्न सफल भएका थिए ।

यस अघि ६६ औं मिनेटमा आर्मीका पदमकुमार तामाङको प्रहारले पोस्टको दिशा लिन सकेन । दुई मिनेटपछि आर्मीले बराबरीको अर्को अवसर गुमायो । दीपक गुरुङको क्रसमा जिलेस्पीजंग कार्की को हेडर पनि बाहिरिन पुग्यो । हिसुब थपलियाको क्रसमा आर्मीका गोलकिपर विकेशले पन्च गर्दा प्राप्त रिबाउण्डलाई फोडे फोफनाले राम्रोसँग प्रहार गर्न सकेनन् । ७४औं मिनेटमा नवयुग श्रेष्ठको शक्तिशाली प्रहार जावलाखेलका गोलकिपर ईश्वर गुरुङले बचाए । बाँकी समयमा आर्मीले थप प्रयास गरेपनि गोल हुन सकेन र आर्मीले अंक सुम्पिन बाध्य बन्यो । जितसँगै जावलाखेलले २३ खेलमा ३७ अकं जोड्न सफल भयो । जावलाखेल दोस्रो स्थानमा उक्लिएको छ । पराजय व्यहोरेको आर्मी समान खेलबाट ३० अंकका साथ पाँचौं स्थानमा छ । यस्तै जावलाखेलले लिगमा आर्मीबिरुद्ध पहिलो भेटमा ब्यहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा आर्मीले जावलाखेलले ३–१ को सहज जित निकालेको थियो ।

लिगमा बुधवार पनि दुई खेल हुनेछन् । दिनको पहिलो खेल एन्फा कम्प्लेक्समा सातदोबाटो युथ क्लव र मच्छिन्द्र फुटबल क्लव तथा दोस्रो खेल थ्री स्टार र संकटा क्लवबीच च्यासल मैदानमा भेट हुनेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);