चीनको सांघाईमा सय वर्षयताकै गर्मी, बङ्लादेशको ढाकामा ६० वर्षकै उच्च तापमान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

चीनको सांघाईमा सय वर्षयताकै गर्मी, बङ्लादेशको ढाकामा ६० वर्षकै उच्च तापमान

काठमाडौं, १६ जेठ । दक्षिणपूर्व र दक्षिण एसियाली देश गर्मीको चपेटामा परेका छन् । चीनको औद्योगिक महानगर सांघाईमा सय वर्षयताकै सबैभन्दाबढी गर्मी भएको छ । चीनको मौसम विज्ञान विभागले सांघाईमा एक सय वर्षमा सबैभन्दा तातो दिन अभिलेख गरिएको जनाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

साङ्घाईको अधिकतम तापक्रम ३६ दशमलव ७ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । यसअघि सांघाइमा सन् १८७६, १९०३, १९१५ र २०१८ मा उच्च तापक्रम ३५ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको बताइएको छ । मौसम विज्ञले विश्व तापक्रम वृद्धिका कारण मौसम प्रतिकूल बन्दै गएको, धेरै देशमा ज्यान नै जाने खालको ताप लहर आएको र बढ्दो तापक्रमले दक्षिणपूर्व र दक्षिण एसियाली देशमा पछिल्लो हप्ता विगतका रेकर्ड तोडिएको बताएका छन् ।

भारतका केही भागमा तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । त्यस्तै, बङ्लादेशको ढाकामा झन्डै ६० वर्षयताकै सबैभन्दा तातो महसुस भएको छ । थाइल्याण्डको टाक सहरमा अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम ४५ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको समाचार संस्थाहरुले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);