पूर्वराजाप्रति झलनाथको टिप्पणीः मन्दिरमा पूजा गरेर राजतन्त्र आउँदैन | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८१, बिहीबार

पूर्वराजाप्रति झलनाथको टिप्पणीः मन्दिरमा पूजा गरेर राजतन्त्र आउँदैन

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने चेतावनी दिनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले नक्कली भूटानी शरणार्थीको केस लज्जास्पद विषय भएको र यसले देशको अस्मिता लुटिएको बताउनु भयो । उहाँले अनुसन्धानलाई अन्तिमसम्म लैजान आग्रह गर्नुभयो । उहाँले अनुसन्धानलाई कुनै बहानामा रोक्ने प्रयास भए जनताले सहन नसक्ने बताउनु भयो । पूर्वप्रधानमन्त्री खनालले अनुसन्धानमाथि हस्तक्षेप गरे नेपाली नागरिकलाई सह्य नहुने चेतावनी दिनुभयो ।

पूर्वप्रधानमन्त्री खनालले गणतन्त्र आएको १५ वर्षका उपलब्धिहरुको समीक्षा हुन जरुरी रहेको बताउनु भयो । उहाँले उपलब्धिको समीक्षा गरेर अघि नबढ्ने हो भने देशमा अराजकता आउने बताउनु भयो । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उहाँलै घण्टी अराजकताको संकेत भएको बताउनु भयो । उहाँले आन्दोलनमा ठूलो भुमिका खेलको पार्टीहरुले देशको विकासका लागि महत्वपूर्ण भुमिका खेल्न नसक्दा अहिलेको अवस्था आएको जिकिर गर्नुभयो ।

पूर्वप्रधानमन्त्री खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिनुभयो । उहाँले पूर्वराजा शाह देशका विभिन्न स्थानमा अभिनन्दनमा हिँडिरहेको प्रसंग उठाउँदै उहाँले पूर्वराजाका गतिविधिबाट लोकतन्त्र गुम्ने स्थिति नरहेको बताउनु भयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी वा कुनै नयाँ पार्टी खोलेर संसदमा आए लोकतन्त्रको राम्रो पक्ष हुने बताउनु भयो ।

पूर्वप्रधानमन्त्री खनालले नागरिकतासम्बन्धी प्रावधान होसियारीपूर्वक सोच्नुपर्ने बताउनु भयो । उहाँले देशको सामाजिक संरचनामाथि कुनैपनि व्यवधानका कार्यहरु हुनेगरी कुनै प्रावधान राखेर नागरिकता ऐन बनाउनु राष्ट्रघाती हुने भन्दै राष्ट्रिय सहमतिका साथ टुंग्याउनुपर्ने र बहुमतको आधारमा जबरजस्ती गर्नु नहुने बताउनु भयो । फरक प्रसंगमा उहाँले पशुपतिनाथको जलहरी पित्तलको बनाइएको प्रकरण बाहिरिएको भन्दै यसबारेमा विशेष अनुसन्धान हुन जरुरी रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);