आज नेवार समुदायले सिथिनखः पर्व मनाउँदै | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

आज नेवार समुदायले सिथिनखः पर्व मनाउँदै

काठमाडौं, ११ जेठ । आज जेष्ठ शुक्ल पक्ष कुमार षष्ठी, नेवार समुदायले सिथिनखः पर्व मनाउँदैछन् । वर्षायाम र धानको रोपाइँ सुरु हुनुभन्दा पहिले यो पर्व मनाइन्छ। काठमाडौं उपत्यकामा आजको दिन पानीको मूल सफा गर्ने पर्वका रुपमा मनाउँदै आइएको छ ।

नेवार समुदायले इनार,पोखरी,ढुङ्गेधारा लगायतका पानीको स्रोत सफा गर्ने गर्छन् । परापूर्वकालदेखि चलिआएको परम्पराले अहिले पनि निरन्तरता पाएकोछ । वर्षात्को बेला बगेर आउने भेल र फोहोरपानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरिसमेत सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो।

साथै हिँउदमा पुरिएको, थुनिएको र सुकेको मूललाई वर्षात्को पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूलको सफाइ गर्ने गरेको हो । सिथिनखः कै दिन भगवान कुमारको जन्मदिन पनि भएकाले नेवार समुदायले कुमारको पूजा गरी मास, मुगी, केराउ लगायतको दालको बारा बनाएर खाने प्रचलन छ । त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको विषेश खालको रोटी समेत खाने गरिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);