ग्यास लिक हुँदा आगलागि, ८० वर्षीय वृद्ध घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ग्यास लिक हुँदा आगलागि, ८० वर्षीय वृद्ध घाइते

बासुदेव बडु । दार्चुलाको नौगाड गा पा ३ जामिरमा खाना पकाउने ग्यास लिक भइ ‌आगलागि हुँदा एक जना घाइते भएका छन् ।

आज बिहान ग्यास मा चिया पकाउने क्रममा ग्यास लिक भइ ‌आगलागि हुँदा नौगाड गा पा ३ जामिर का अन्दाजी ८० वर्षीय अमर सिंह ठगुन्ना जलेर घाइते भएका हुन्।

घाइते ठगुन्ना लाई स्थानीय ले उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको र थप उपचारका लागी नेपालगञ्ज रिफर गरिए पछि नेपाली सेनाको हेलिकप्टर बाट घाइते ठगुन्ना लाई नेपालगञ्ज लगिएको छ।

आगलागीबाट घरमा समेत छ्यति भएको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);