नेपाल टेलिकममा आवेदन खुलेको खबर भ्रामक | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८३, शनिबार

नेपाल टेलिकममा आवेदन खुलेको खबर भ्रामक

काठमाडौं । नेपाल टेलिकमले कम्पनीको आधिकारिक सूचनालाई मात्र आधार मानेर कम्पनीका सेवाहरुको बारेमा अद्यावधिक हुन अनुरोध गरेको छ ।

केही दिन यता ‘नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न आवेदन खोलिएको’ भनेर कम्पनीका पदाधिकारीहरुको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको सम्बन्धमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कर्मचारी आवश्यकता सम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेकोले यस प्रकारका गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गर्न समेत टेलिकमको आग्रह छ ।

Leave a Reply