आजपनि बढ्यो नेप्से | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आजपनि बढ्यो नेप्से

काठमाडौँ । बुधबार पनि सेयर बजार बढेको छ । आज नेप्से परिसूचक १६.४९ अंकले बढेर १९५९.१२ विन्दु कायम भएको छ ।

नेप्सेमा कूल २७० कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ८७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

नेप्से इन्डेक्ससँगै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्समा पनि हरियो देखिएको छ । बुधबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ३ उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेर हरियाली छाएको छ ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्टको अग्रिम स्थानमा छ। यसको आज १४ करोड भन्दा बढीको कारोबार भएको छ। त्यस्तै क्रमशः नेसनल लाइफ इन्स्योरेन्स र हिमालयन डिस्टिलरीको कारोबार भएको छ।

आत्मनिर्भर लघुवित्त र युनिलिभर नेपालका लगानीकर्ताले अत्याधिक कमाएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);