नेफिन बेलायतद्वारा महाबिर पुनको आविष्कार केन्द्रलाई ५ लाख प्रदान | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २८ २०८१, बुधवार

नेफिन बेलायतद्वारा महाबिर पुनको आविष्कार केन्द्रलाई ५ लाख प्रदान

काठमाडौं, १० जेठ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायत शाखाले राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । नेफिन युकेले आज मंगलबार नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) संघीय समितिमार्फत केन्द्रका संस्थापक महाबिर पुनलाई उक्त रकम हस्तान्तरण गरेको हो । नेफिनको संघीय कार्यालय काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी रकम हस्तान्तरण गरिएको हो ।

त्यस अवसरमा रकम हस्तान्तरण गर्दै नेफिन युकेका सल्लाहकार भक्तबहादुर दुराले महाबिर पुनको आविष्कार केन्द्रले सुरु गरेको अभियानलाई सहयोग गर्न सानो रकम हस्तान्तरण गरिएको बताउनुभयो । केन्द्रले मुलुकभित्रै महत्वपूर्ण अभियान सञ्चालन गरेको भन्दै उहाँले यो अभियानमा सहभागी हुन समेत अपिल समेत गर्नुभयो ।

त्यस अवसरमा उक्त रकम ग्रहण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाबिर पुनले केन्द्रले सञ्चालन गरिरहेको अभियानका विषयमा आम जनमानसलाई बुझाउन आवश्यक रहेको बताउनुभयो । अभियानबारे अझैपनि धेरैले नबुझेको भन्दै उहाँले अभियानको वास्तविकता धेरैले नबुझेको समेत बताउनुभयो । ‘राष्ट्रिय आविष्कार केन्द्रले सञ्चालन गरिरहेको यो अभियानको उद्देश्यका बारेमा बुझाउन आवश्यक छ । अभियानमा धेरैले हामीलाई हौसला सहयोग गर्नुभएको छु, उहाँले भन्नुभयो, ‘केहीले यस विषयमा नबुझेर नै टिकाटीप्पणी पनि गरिरहनुभएको छ । यो अभियान २ र ४ वर्षको प्रोजेक्ट होइन । यसको क्षेत्र बृहत् छ । यसको समय अनन्त कालसम्मको छ । यसको वास्तविकता बुझाउन आवश्यक छ ।’

यसैगरी सो अवसरमा महासंघका संघीय अध्यक्ष गेल्जे लामा शेर्पाले केन्द्रले सञ्चालन गरेको अभियान महत्वपूर्ण भएको भन्दै उक्त अभियानमा सबै कुनै न कुनै रुपले सहभागी हुनुपर्ने बताउनुभयो । आफ्नै प्रयासमा आफ्नै देशभित्र महाबिर पुनले सुरु गरेको अभियान महत्वपूर्ण रहेको भन्दै अध्यक्ष शेर्पाले उहाँको उद्देश्य पुरा गराउन महासंघको पुर्ण साथ, समर्थन र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रिय आविष्कार केन्द्र र सरकारबीच भएको सहमति पालना हुनेमा विश्वास व्यक्त गर्दै उहाँले उक्त सम्झौता कार्यान्वयन नभए महासंघलाई जानकारी गराउन समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ( उहा महाबिर पुन)ले आफ्नो देशमा सुरु गरेको अभियान राम्रो छ । उहाँहरू लाग्नुभएको छ भनेपछि केही न केही महत्व छ । उहाँहरूको उद्देश्य पुरा गराउन हामी लाग्छौु, अध्यक्ष शेर्पाले भन्नुभयो, ुसरकार र केन्द्रबीच हालै भएको सम्झौता कार्यान्वयन पक्कै हुनेछ । यदी कार्यान्वयन भएन भने हामीलाई खबर गर्नुहोला । त्यसमा हामी पहलकदमी गर्छौ ।’ त्यस अवसरमा नेफिनका महासचिव दिवश राईले केन्द्रले सुरु गरेको अभियानलाई सहयोग गरेकोमा नेफिन युके शाखालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);