कर्णालीले कसरी छल्छ माइनस ८ डिग्री ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कर्णालीले कसरी छल्छ माइनस ८ डिग्री ?

karnali

काठमाडौं, २४ पुष । शीतलहरले तराई कठ्यांग्रिएको छ । त्योभन्दा धेरै तापक्रम घटेर माइनस ८र१० डिग्री पुगेका हिमाली जिल्लाको जनजीवन झन् कष्टकर छ । तर, त्यो चिसो सामना गर्न हिमाली बासिन्दाले अनेक जुक्ति निकालेका छन् ।

कर्णालीका उच्च लेकाली बस्तीका काम गर्ने उमेरका अधिकांश मानिस तल्लो भेगमा व्यापार गर्न ओर्लेका छन् ।
मंसिरदेखि वैशाखसम्म हिमालपारिको बस्ती भनेर चिनिने हुम्लाको लिमीसँग अन्य बस्तीको सम्पर्कविच्छेद हुन्छ ।

लिमी आवतजावत गर्न झन्डै ५ हजार मिटर उचाइको लेक पार गर्नुपर्ने भएकाले मंसिरपछि हिमपातले बाटो बन्द हुन्छ । वैशाखमा हिउँ पग्लेपछि मात्रै बाटो खुल्छ ।

खेतीयोग्य जमिन न्यून भएकाले यहाँका बासिन्दालाई हिउँदभर आफ्नो उत्पादनले खान पुग्दैन । स्थानीयले हिउँदका लागि खाद्यान्न र दैनिक उपभोग्य वस्तु तिब्बती बजारबाट खरिद गरी जोहो गर्छन् ।

उनीहरूलाई पाँच महिना घरभित्रै आगो र घाम तापेर बस्नुपर्ने बाध्यता छ ।

घर कुर्न बसेका महिला, वृद्धवृद्धा र बालबालिकाका लागि झन्डै ६ महिनालाई पुग्ने बस्दोबस्ती मिलाएर उनीहरु पहाड र तराई झरेका छन् । , आजको कान्तिपुरमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);